गाउँ सहर

काँग्रेसका महामन्त्री विश्वप्रकाशलाई कोरोना संक्रमण

काठमाडाैं । महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । काँग्रेस महामन्त्री शर्माले बुधबार आफूलाई कोरोना पुष्टि भएको जानकारि दिएका छन् । उनले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’  लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीर गरिएकोका आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन रहेको शर्माले बताए । उनले कोरोनालाई जितेर एक सातामा काममा फर्किने छु ।

शर्माले भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूर्वक क्षमा मागेका छन् । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत