स्वास्थ्य

१६ माघदेखि देशभरीका विद्यालयमा खोप अभियान सञ्चालन गरिने

काठमाडाैं । आगामी माघ १६ गतेदेखि देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन हुने भएकाे छ । सरकारले आगामी माघ १६ गतेदेखि देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको हाे ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले विद्यालयमा माघ १६ देखि माघ २० गतेसम्म कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

हिजाे गृहमन्त्रालयमा बसेको केन्द्रको बैठकले खोप अभियानकै लागि चार दिन विद्यालय खुला गर्ने निर्णय गरेको हाे ।

गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाकाअनुसार खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको छ ।

बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय पनि गरेको छ ।

विमानमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउनुपर्ने तथा अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्ने व्यवस्था गर्न केन्द्रले निर्देशन दिएको छ ।

विश्वविद्यालयका परीक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत