वातावरण

प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदली

 

काठमाडाैं । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र मधेश प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ ।

तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागि रहेको छ ।

बुधबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार भने देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशभर अझै बढ्ने क्रममा रहेको चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोधसमेत गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत