स्वास्थ्य

काठमाडौं उपत्यकामा आज मात्रै ५,५४९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४,५७६ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

अहिले देशभर ३७ हजार ८२६ जना होम आइसोलेसनमा र एक हजार २१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये १५१ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

यस्तै मंगलबार ५६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा १७ हजार ८७२ पीसीआर तथा ४ हजार ९५६ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत