राजनीति

६३ जिल्लामा एमालेकाे नयाँ नेतृत्व चयन (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जानकारी दिएकाे छ ।

मंगलबार एमालेले विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने जानकारी दिएको हाे ।

एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ ।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ ।

विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पछि आयोजना गर्ने निर्णय भएको छ ।

एमालेका अनुसार जिल्कला मिटीसरहका सम्पर्क कमिटीहरुमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन पनि सम्पन्न भएका छन् ।

सुदुरपश्चिम प्रदेश 

१. डडेल्धुरा प्रकाश साउद
२. बैतडी सुरेन्द्र पाल
३. डाेटी चक्र मल्ल
४. दार्चुला प्रेमसिंह धामी
५. कैलाली  रतन थापा
६. कञ्चनपुर सुरेन्द्र  बिष्ट
७. बाजुरा कालीबहादुर शाही
८. अछाम चन्द्रबहादुर बाेहाेरा

 

१. कालीकाेट जसीप्रसाद पाण्डे
२. जुम्ला शान्तिलाल महत
३. डाेल्पा शेर बहादुर बुढा

प्रदेश सम्पर्क कमिटी

१. प्रदेश नम्बर १ कपिलदेव ओली
२. वागमती प्रदेश अशाेक ठकुरी
३. गणडकी प्रदेश ऋषि कँडेल
४. लुम्बिनी प्रदेश नारायण पाण्डे
५. कर्णाली प्रदेश जेबी शाही
६. सुदुरपश्चिम प्रदेश दलबहादुर धामी

विषेश जिल्ला 

१. मजदुर विशेष जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष उमेश ढकाल

 

गाउँ सहर संवाददाता

तपाईँको मत