प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा पुलिस क्लब फाइनलमा प्रवेश
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १३:३२:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदानमा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले वागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा पुगेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रन बनायो । पुलिसका पवन सरार्फले सर्वाधिक ५९ रनको अर्धशतकिय पारी खेले । बागमतीका रिजन ढकाल र नन्दन यादवले समान दुई तथा प्रतिश जिसीले एक विकेट लिए । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन मात्रै बनायो ।
वाग्मतीका ओपनर आदिल खानले सर्वाधिक २७ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पुलिसका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । सागर ढकालले २ र आरिफ शेखले १ विकेट लिए । दोस्रो सेमिफाइनलमा त्रिवि मैदानमा अहिले त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेलिरहेका छन् । फाइनल भोलि हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस