स्वास्थ्य

कोभिड संक्रमण दर अहिलेसम्मकै उच्च, १६९ जनाको आइसियू र २८ जनाको भेन्टिलेटरमा उपचार हुँदै, चार जनाको निधन

काठमाडौँ । नेपालमा आज अहिलेसम्मकै उच्च संक्रमण दर रेकर्ड गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज चार जनाले ज्यान गुमाएका छन् ।

उसका अनुसार परीक्षण गरिएका कुल २३ हजार ४०९ नमूनामध्ये ११ हजार ३५२ जनामा कोरोना पुष्टि भएको हो । यसमा ९ हजार ५०२ पिसिआर र ५ हजार ३३१ जनाको एन्टिजेन परीक्षण भएको थियो ।

कोरोना जितेर आज ६१३ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

अहिले देशमा कुल ४७ हजार २९२ जना आइशोलेसनमा रहेका छन् । १६९ जनाको आइसियू र २८ जनाको भेनि्टलेटरमा उपचार भइरहेको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या १२६ रहेको मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार अब पिसिआर परीक्षण सरकारी अस्पतालमा ८०० र निजीमा अधिकतम १५०० को व्यवस्था गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत