एक सातामा बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरे
- गाउँ सहर संवाददाता
- ४ माघ मंगलबार, २०७८ | १३:०८:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो केही दिनयता वाणिज्य बैंकहरुले निक्षेप संकलन तथा कर्जा लगानी दुवै बढाएका छन् ।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको एक साताको तथ्यांक अनुसार बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
२७ वाणिज्य बैंकहरुले पुस २३ गतेदेखि पुस ३० को अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका हुन् ।
संघका अनुसार पुस २३ देखि ३० गतेको एक हप्ताको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । सो अवधिमा ३५ अर्ब कर्जा प्रवाह भएको संघको तथ्यांक छ ।
पुस २ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ थियो । त्यस्तो निक्षेप पुस ३० गते ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।
२८ दिनमा वाणिज्य बैंकहरुको निक्षेप ८५ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा भने ७८ अर्ब रुपैयाँले बढेको छ । पुस २ गते ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह पुस ३० गते ४१ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस