गाउँ सहर

हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

काठमाडाैं । हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । उदयपुरमा हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको हाे । उदयपुरगढीबाट गाइघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट उदयपुरगढी गाउँपालिका ५ मा खसेर यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

उदयपुरगढी गाउँपालिका ५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो । गुडिरहेको बसबाट खसेका राईको बसको पछाडिको टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

बसका चालक रौतामाई गाउँपालिका ७ का राजन राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत