गाउँ सहर

सर्वोच्चका ३५ जना कर्मचारीमा काेराेना संक्रमण

काठमाडाैं । सर्वोच्चमा ३५ जना कर्मचारीमा काेराेना संक्रमण भएकाे छ । सर्वोच्च अदालतमा आज पूर्ण बैठक (फूलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् । 

कोरोनाको सङ्क्रमण देशव्यापी रूपमा बढ्दै जाँदा सर्वोच्चका न्यायाधीश र कर्मचारीमा सङ्क्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको उनले जानकारी दिए । बैठक मंगलबार दिउँसो १ बजे सर्वोच्चमा बस्ने उनले बताए ।

बैठकमा न्यायाधीश र कर्मचारी सङ्क्रमित हुँदा सर्वोच्चको सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो । उनका अनुसार सर्वोच्चका ३५ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको हाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत