अर्थतन्त्र

मंगलबार पनि बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम गरिएको छ । 

आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत