विश्व

अफगानानिस्तानमा भूकम्प : २६ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको हाे । पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा दर्जनौं घाइते भएका छन् ।

घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने ।

भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्पले पुर्याएको क्षतिको वृस्तृति विवरण सार्वजनिक हुन बाँकी नै छ ।

यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ ।

क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो ।

भूकम्पको असर पाकिस्तान र भारतसम्म महशुस गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत