वातावरण

आज वर्षाकाे सम्भावना, चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडाैं । आज मंगलबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाडौंको मौसम बदली हुनेछ भने दिउँसो छिटपुट वर्षा पनि हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत