राजनीति

श्रममन्त्री श्रेष्ठको सय दिनकाे उपलब्धि (पूर्णपाठसहित)

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । २०७८ असोज २२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठको सय दिन आज पूरा भएको हो ।

उक्त अवधिमा श्रम क्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थि तगर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न आधार तयार गरेको मन्त्री श्रेष्ठको दाबी छ । वैदेशिक रोजगारीका मात्रै समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी भइरहेको मन्त्रीले जानकारी गराएका छन् ।

कोरोनाका कारण रोकिएको दक्षिण कोरियाको रोजगारी सुचारु भएको छ। इजरायलमा पनि यसै साताबाट श्रमिक जान थाल्नेछन् ।

बेलायतमा नर्स पठाउनका लागि श्रम सम्झौताको मस्यौदा तयार भइरहेको जनाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत