अर्थतन्त्र

साेमबार नेप्से २०.६४ अंकले बढ्याे, ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार

काठमाडौं । नेप्से मा साताको कारोबारको दोस्रो दिन सोमबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से २०.६४ अंकले बढेर दुई हजार ९ सय ४७ दशमलब ३८ विन्दुमा पुगेको हो ।

आज कारोबार रकममा भने घटेको छ । आज ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको छ । आइतबार ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको थियो ।  

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ४५८ रुपैयाँ पुगेको छ । 

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको नेप्सेले जनाएकाे छ ।

आज याे कम्पनीको ४४ करोड ५४ लाख भन्दा बढीको कारोबार भएको छ ।      

गाउँ सहर संवाददाता

तपाईँको मत