गाउँ सहर

स्रोत नखुलेको ३० लाख नगदसहित एक जना पक्राउ

काठमाडाैं । प्रहरीले स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित एक जनालाइ पक्राउ गरेकाे छ । महोत्तरीकाे मटिहानी नगरपालिका ८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका ३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।

भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम सहित फेला पारी  उनलाई पक्राउ गरेको जनाएकाे छ । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत