स्वास्थ्य

ओमिक्रोन लाग्दा देखिन्छन् यस्ता लक्षण, कति समय रहन्छ शरीरमा याे भाइरस ?

काठमाडाैं । नयाँ भरिएन्ट ओमिक्रोनका लक्षणहरुमा विभिन्न प्रकारका परिवर्तन देखिन थालेका छन् । व्यक्ति अनुसार ओमिक्रोनको लक्षण पनि फरक नै देखिएका छन् । बेलायतको जेड्वोईले कोभिडको विषयमा गरेको अध्ययन अनुसार ओमिक्रोनका २० वटा लक्षणहरुको बारेमा जानकारी दिएको छ । ओमिक्रोनका संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका छन् । 

१. टाउको दुख्ने

२.थकान

३. नाकबाट सिँगान बग्ने

४.घाँटी खसखस गर्नु

५. लगातार खोकी लाग्नु

६ .हाँच्छ्यु आउनु

७. बिर्सनु

८. शरीरमा काम्नु

९. ज्वरो अाउनु

१०. रिँगटा लाग्नु

११. भाेक लाग्नुु

१२.बास्ना थाहा नपाउनु

१३. आँखाकाे दाना दुख्नु

१४. मांसपेशी दुख्नु

१५. दिक्क लाग्नु

१६.छाती दुख्नु

१७. ग्रन्थीहरु सुन्निनु

१८. कमजोरी हुनु

१९. स्वाद नआउनु

२०.मांशापेशी दुख्नु 

भाइरस कति समयसम्म रहन्छ त शरीरमा ?

याे भाइरसबाट संक्रमित भएको २-५ दिनमा नै लक्षणहरु देखा पर्छन् । सामान्यतयाः रुघाखोकी जस्ता लक्षणहरु ओमिक्रोनको संक्रमण हुँदा पनि देखिन्छ । सामान्यतयाः ५ दिनसम्म भाइरस रहन्छ । सामाजिक दूरी, मास्क, सेनिटाइजर र कोरोना रोकथामका लागि विशेष ध्यान दिएमा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सकिने ब्रिटिश एपिडेमोलोजिस्ट टिम स्पेक्टर बताउँछन् ।

उनका अनुसार डेल्टाको तुलनामा ओमिक्रोनको लक्षणहरु केही दिन मात्र देखिन्छ । ५ दिनमा नै परीक्षण नेगेटिभ आउँछ । धेरैजसो ३ देखि ५ दिनमा नै यो भाइरस कमजोर हुँदै जान्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत