जेठभित्र स्थानीय तहको निर्वाचन गर्न गाउँपालिका, नगरपालिका र जिसस महासंघको माग ( विज्ञप्ति सहित)
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | १३:४२:०० मा प्रकाशित
काठमाडाैं । निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न जनप्रतिनिधिहरूको तीन वटा संस्थाले माग गरेका छन् । स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न जनप्रतिनिधिहरूको तीन वटा संस्थाले माग गरेका हुन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन प्रक्रिया सुरू गर्नुपर्ने उल्लेख गरेका छन् ।
जेठभित्र स्थानीय तहको निर्वाचन गरिसक्न उनीहरूले विज्ञप्ति मार्फत माग गरेका छन् ।
संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ ले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेकोले तत्काल निर्वाचनको मिति तय गर्न उनीहरूले माग गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र जिसस महासंघ अध्यक्ष नवराज गेलालले आज निकालेको विज्ञप्तिमा तोकिएको समयमा नै आवधिक निर्वाचन गरिनुपर्ने बताएका छन् ।
‘निर्वाचनको वातावरण सिर्जना गर्न निर्वाचन आयोग र सबै राजनीतिक दलहरूको समेत गम्भीर ध्यानाकर्षण गर्दछौं,’ संयुक्त विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
आफूहरूले समयमा नै निर्वाचन होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहेको उनीहरूले बताएका छन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको भएता पनि सरकारले भने निर्वाचन मिति घोषणा गरेकाे छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस