गाउँ सहर

मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

काठमाडाैं । मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोभिड–१९ संक्रमण भएको हाे । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ । केही दिनयता अनुगमनमा हिँडिरहेका उनलाई कोरोना संक्रमण भएको हो ।

उनी आइतबार मात्र बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशालाको निरीक्षण गर्न पुगेका थिए । उनीसहित उनको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ ।

अनुगमनमा जाँदा सम्बन्धित कार्यालयमा अधिकारी र पत्रकारसहित पुग्ने गरेका मन्त्री आले र उनको स्वकीय सचिव रेग्मी कोरोना संक्रमित भएपछि अनुगमनमा सहभागीहरू पनि जोखिममा परेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत