गाउँ सहर

कैँची रोपेर युवकको हत्या, दुईजना प्रहरी नियन्त्रणमा

काठमाडाैं । बलम्बु स्थित पिंगलमा कैँची रोपेर युवकको हत्या गरिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ र १२ मा पर्ने बलम्बु स्थित पिंगलमा कैँची रोपेर युवकको हत्या गरिएको हाे । आइतबार मध्यान्ह दुईजना दाजुभाइको आक्रमणबाट चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

 पक्राउ पर्नेमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेत रहेका छन् ।

आरोपीहरूले कैँची र दाउले हिर्काउँदा गम्भीर घाइते भएका रोशन रिजालको एपीएफ अस्पतालमा मृत्यु भएको थियो । आक्रमणबाट रुपन्देही घर भई चन्द्रागिरि स्थित कालापानीमा बस्ने निरज मगर घाइते भएका छन् ।

मृतक र आरोपी साथी हुन् । आपसी विवाद हुँदा १५ वर्षीय किशोर अनुजले कैँचीले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मृतकको छातीको देब्रेतर्फ गहिरो चोट देखिएको प्रहरीले जानकारी दिएकाे छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत