स्वास्थ्य

उपत्यकामा तीब्र रूपमा फैलियाे काेराेना, एकै दिन ३३४७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । उपत्यकामा आइतबार मात्रै थप ३३४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

आज मात्रैउपत्यकामा थप ३३४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

त्यसमध्ये काठमाडौंमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका छन् ।

देशभर पछिल्लो २४ घण्टामाथप ४९६१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । 

१५ हजार १३१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । योसँगै देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन् ।

संक्रमणबाट थप तीन जनाले ज्यान समेत गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आइतबार ४३५ जना संक्रमित निको भएर घर समेत फर्किसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत