स्वास्थ्य

काेराेना अपडेट : देशमा पछिल्लो २४ घण्टामा ४९६१ जनामा संक्रमण पुष्टि, तीन जनाकाे निधन

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ अब देशमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।  

आइतबार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आइतबार यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा। बितेको २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत