अर्थतन्त्र

शेयरबजारमा उच्च अंककाे बृद्धि, पाैने १० अर्बकाे काराेबार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले बढेकाे छ । साताकाे पहिलाे काराेबार दिन नेप्से ६९ अंकले बढेकाे छ । उकालाे लागेकाे नेप्सेमा काराेबार रकमले पनि गति लिएकाे छ । यसदिन काराेबार रकम पनि पाैने १० अर्ब नजिक पुगेकाे छ । 

आज नेप्से ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलब ७४ विन्दुमा पुगेको हो । यस दिन २२९ कम्पनीको १ लाख १ हजार ५८९ पटकको कारोबारमा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिनको कारोबार रकम साढे ४ महिनायताकै उच्च हो । 

यस दिन मध्य भोटेकोशी, हिमालयन डिष्टिलरी, सिभिल बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य बढेको छ भने 

कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँको सेयर किनबेच भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत