कला

‘द भ्वाइस किड्स’को पहिलो सिजनको उपाधि जेनिशकाे हातमा

काठमाडाैं । ‘द भ्वाइस किड्स’को पहिलो सिजनको उपाधि जेनिश उप्रेतीले जितेका छन् । बालबालिका गायन रियालिटी सो ‘द भ्वाइस किड्स’को पहिलो सिजनको उपाधि जेनिश उप्रेतीले जितेका हुन् ।

शनिबार राती भएको फाइनलमा अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्ये टिम प्रमोदबाट जेनिशले उपाधि जितेका हुन् ।

बिजेता भएसंगै उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

द भ्वाईस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत