स्वास्थ्य

शनिवार ४६३६ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार ६३६ कोरोना संक्रमित थपिएका छन् ।

१४ हजार ५५६ नमूना प्ररीक्षण गर्दा चार हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

१० हजार ४१२ पीसीआर र चार हजार १४४ एन्टिजेन परीक्षण गरिएको हो । 

सोही अवधीमा ३५० जना निको भएका छन् ।

त्यसैगरि २४ घण्टामा चारजनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत