गाउँ सहर

राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज परामर्श गर्न लागेको हो ।  

आयोगले १७ वटा राजनीतिक दललाई आज बिहान ११ बजे बैठक बोलाइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ ।

उनका अनुसार माघ १२ गतेका लागि तय गरिएको राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र स्थानीय तहको आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।

आयोगले आगामी वैशाखमा हुने स्थानीय तह चुनावको पनि तयारी सुरू गरिसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत