स्वास्थ्य

विश्वभर एकैदिन थपिए ३१ लाख बढि काेराेना संक्रमित, ९६ हजारकाे अवस्था गम्भिर

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित संख्या दिनहुँ बढ्ने क्रम जारी छ । पछिल्लाे २४ घण्टामा विश्वभर एकैदिन ३१ लाख २५ हजार जना संक्रमित थपिएका छन् । 

हाल विश्वभर ४ कराेड ८९ लाख ९० हजार जनामा भाइरस सक्रिय छ । 

पछिल्लाे २४ घण्टामा १० लाख २४ हजार जनामात्रै निकाे भएका छन् भने ७ हजार ८५४ जनाकाे मृत्यु भएकाे छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार हालसम्म विश्वभर ३१ कराेड ७२ लाख ८९ हजार संक्रमित भएकामध्यै निको हुनेको संख्या २६ करोड २७ लाख ६९ हजार जनाभन्दा बढि छन् । हालसम्म मृतकको संख्या ५५ लाख २९ हजार ८१६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९६ हजार जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ६ कराेड ४३ लाख ४४ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ८ लाख ६६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लाे एकैदिनमा २ हजार २६९ जनाकाे मृत्यु भएकाे छ भने २४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४ कराेड २८ लाख ५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ८ लाख १४ हजार थपिएसँगै कुल २ कराेड ६ लाख ७२ भन्दा बढिमा भाइरस सक्रिय छ । 

हालसम्म संक्रमित हुने दाेस्राे नम्बरमा रहेकाे भारतमा ४ लाख ८४ हजार ७४० जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा २ लाख ४१ हजार ९७६ जना नयाँ संक्रमित थपिएका छन् भने ८५ जनाकाे मृत्यु भएकाे छ । भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ६३ लाख १२ हजार जना संक्रमितसहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ४६ लाख ९६ हजार जना निको भएका छन् । सक्रिय केस ११ लाख ३१ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

 

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ८८ हजार संक्रमित थपिएका छन् भने १३८ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ६ लाख २० हजारभन्दा बढी छन् । हाल ४ लाख ७१ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड २७ लाख १८ हजार जना संक्रमितमध्ये २ कराेड १६ लाख २६ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

तर पछिल्लाे २४ घण्टामा फ्रान्समा ३ लाख ६१ हजार, इटलीमा १ लाख ९६ हजार, पाेल्याण्डमा १ लाख ७९ हजार, बेलायतमा १ लाख २९, अष्ट्रेलियामा १ लाख २ हजार, अर्जेन्टिनामा १ लाख ३१ हजार संक्रमित थपिएका छन् । 

नेपालमा भाइरस संक्रमित ८ लाख ३८ हजार ३७५ जना पुगेका छन् भने ८ लाख १५ हजार ७६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ६०९ पुगेको छ भने ६ हजार ६९० जना उपचाररत छन् । पछिल्लाे २४ घण्टामा ३ हजार ७५ जना थपिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत