स्वास्थ्य

विश्वभर एकैदिन २१ लाख बढि काेराेना संक्रमित थपिए, ९४ हजार सिकिस्त, हालसम्म साढे ५ लाखकाे मृत्यु,

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित संख्या दिनहुँ बढ्ने क्रम जारी छ । हाल विश्वभर ४ कराेड १५ लाख ४० हजार जनामा भाइरस सक्रिय छ । 

पछिल्लाे २४ घण्टामा २१ लाख ८९ हजार संक्रमित थपिएका छन् भने ५ लाख ८९ हजार जनामात्रै निकाे भएका छन् । ५ लाख ८९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

त्यसैगरि २४ घण्टामा ४ हजार ७७१ जनाकाे मृत्यु भएकाे छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २५ करोड ८९ लाख ४९ हजार जनाभन्दा बढि छन् । संक्रमितको संख्या भने ३० करोड ५९ लाख ९२ हजार नाघेको छ भने मृतकको संख्या ५५ लाख २ हजार २५६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९४ हजार जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ६ कराेड ९ लाख ५४ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ८ लाख ५९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लाे एकैदिनमा ६६९ जनाकाे मृत्यु भएकाे छ भने २२ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४ कराेड २२ लाख २१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ६ लाख ४८ हजार थपिएसँगै कुल १ कराेड ७८ लाख ७३ भन्दा बढिमा भाइरस सक्रिय छ । 

 

हालसम्म संक्रमित हुने दाेस्राे नम्बरमा रहेकाे भारतमा ४ लाख ८३ हजार ४६३ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा १ लाख ४७ हजार ८१४ जना नयाँ संक्रमित थपिएका छन् भने मृत्यु शून्य छ । भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ५५ लाख १६ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ४४ लाख ३६ हजार जना निको भएका छन् । सक्रिय केस ५ लाख ९५ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ४९ हजार संक्रमित थपिएका छन् भने १०३ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ६ लाख १९ हजारभन्दा बढी छन् । हाल २ लाख ५२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड २४ लाख ९९ हजार जना संक्रमितमध्ये २ कराेड १६ लाख २६ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

तर पछिल्लाे २४ घण्टामा फ्रान्समा ३ लाख ३ हजार, इटलीमा १ लाख ९७ हजार, बेलायतमा १ लाख ४६, अष्ट्रेलियामा १ लाख १५ हजार, अर्जेन्टिनमा १ लाख १ हजार तथा पाेल्याण्डमा १ लाख ९ हजार संक्रमित थपिएका छन् । 

नेपालमा भाइरस संक्रमित ८ लाख ३१ हजार ७४८ जना पुगेका छन् भने ८ लाख १४ हजार ६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ६०२ पुगेको छ भने ६ हजार १४० जना उपचाररत छन् । पछिल्लाे २४ घण्टामा ९४४ जना थपिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत