स्वास्थ्य

बढ्काे क्रममा काेराेना संक्रमित : विश्वभर ९२ हजार सिकिस्त, संक्रमितको संख्या ३० करोड नाघ्यो

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित संख्या बढिरहेकाे छ । हाल विश्वभर पाैने चार कराेड जनामा भाइरस सक्रिय छ । 

पछिल्लाे २४ घण्टामा २४ लाख ५० हजार संक्रमित थपिएका छन् भने ६ लाख ८५ हजार जनामात्रै निकाे भएका छन् । ३ कराेड ७६ लाख ७१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

त्यसैगरि २४ घण्टामा ६ हजार ७९४ जनाकाे मृत्यु भएकाे छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २५ करोड ७४ लाख ८० हजार जनाभन्दा बढि छन् । संक्रमितको संख्या भने ३० करोड ६ लाख ८१ हजार नाघेको छ भने मृतकको संख्या ५४ लाख ८९ हजार ४६६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९२ हजार जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ५ कराेड ९५ लाख २३ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ८ लाख ५५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लाे एकैदिनमा २ हजार जनाकाे मृत्यु भएकाे छ भने २१ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ४ कराेड २० लाख ८६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ७ लाख १० हजार थपिएसँगै कुल १ कराेड ६५ लाख ८१ भन्दा बढिमा भाइरस सक्रिय छ । 

हालसम्म संक्रमित हुने दाेस्राे नम्बरमा रहेकाे भारतमा ४ लाख ८२ हजार ९११ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा  १ लाख १४ हजार ४८४ जना नयाँ संक्रमित थपिएका छन् भने ३५ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ५२ लाख २३ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म ३ कराेड ४५ लाख ५९ हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख ८१ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ४४ हजार संक्रमित थपिएका छन् भने १७१ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ६ लाख १९ हजारभन्दा बढी छन् । हाल २ लाख ७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड २३ लाख ९५ हजार जना संक्रमितमध्ये २ कराेड १५ लाख ६७ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

तर पछिल्लाे २४ घण्टामा फ्रान्समा २ लाख ६१ हजार इटलीमा २ लाख १९ हजार, बेलायतमा १ लाख ७९ तथा अर्जेन्टिनमा १ लाख ९ हजार संक्रमित थपिएका छन् । 

नेपालमा भाइरस संक्रमित ८ लाख ३० हजार ४८० जना पुगेका छन् भने ८ लाख १३ हजार ४४७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ६०२ पुगेको छ भने ५ हजार ४३१ जना उपचाररत छन् । पछिल्लाे २४ घण्टामा ५४० जना थपिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत