राजनीति

किन पर्‍याे विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेजीकाे माग गर्दै उजुरी ?

 काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको छ ।

१४औँ महाधिवेशनमा मधेसी खुलाबाट विजयी विनोद चौधरीलाई केन्द्रीय सदस्यबाट पदमुक्त माग गर्दै डा. सुवासचन्द्र यादव उजुरी दिएका हुन् ।

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले उनी केन्द्रीय सदस्य बन्न नपाउने यादवले तर्क गरेका छन् ।

चौधरी अवैधानिक ढंगले केन्द्रीय सदस्य बनेको भन्दै यादवले उनको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गरेका छन् ।

चौधरीलाई ‘बलमिच्चाई गरेर’ विजयी बनाएको भन्दै उनीसँग पराजित यादवले न्याय नपाए अदालत जाने बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत