गाउँ सहर

महिलालाई भारतको कोठीमा पुर्‍याई बेचबिखन गरेको अभियोगमा पक्राउ

काठमाडौँ । पोखरा लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पुर्‍याई बेचबिखन गरेको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भन्ने फूलमाया तामाङलाई पुस ९ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट पक्राउ गरेको हो ।

पोखराको होटलमा नाच्ने तथा बाँकी समय आफ्नै घरमा घरायसी काम गर्नुपर्ने, त्यस बापत राम्रो कमाई हुन्छ भन्दै फूलमायाले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई २०७४ साउनमा काठमाडौं आकाशेधारास्थित होटलमा लगि चाउमिनमा वेहोश हुने औषधी मिलाई खुवाएर विभिन्न ठाउँ हुँदै भारतको बम्बई, ईलाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरुमा पुर्‍याई पटक पटक बेचबिखन गरी वेश्यावृत्तीमा लगाएको अवस्थामा भारतीय प्रहरीको समन्वयमा नेपाली राजदुताबास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा गत असोज २३ गते ती महिला नेपाल फर्किन सफल भएकी थिइन् ।

उक्त मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेकी तामाङ उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत