स्वास्थ्य

९० प्रतिशतभन्दा बढी संक्रमित हाेम आइसाेलेशनमा, देशभर अब ५ हजार २२५ सक्रिय संक्रमित

काठमाडाैँ । देशभरका काेराेना संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी संक्रमितहरू हाेम आइसाेलेशनमा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित जानकारी दिँदै मन्त्रालयकी प्रवक्ता डा. संगीता काैशल मिश्राले साे कुरा बताएकी हुन् ।

उनका अनुसार पछिल्लाे २४ घण्टामा १० हजार २७६ जनाकाे काेराेना परीक्षण भएकाेमा नयाँ ४३५ संक्रमित थपिएका छन् ।

साे अवधिमा निकाे हुनेकाे संख्या २३९ छ । याेसहित कुल निकाे हुनेकाे संख्या ८ लाख १३ हजार १७६ पुगेकाे छ जुन ९८ प्रतिशत हाे ।

प्रवक्ता मिश्राका अनुसार पछिल्लाे २४ घण्टामा २ लाख ४६ हजार ३८५ जनाले खाेप प्राप्त गरेका छन् ।

देशभर ९८ जना क्वारेन्टाइनमा रहेका छन् भने सक्रिय संक्रमितकाे संख्या ५ हजार २२५ रहेकाे प्रवक्ता मिश्राले बताएकी छन् ।

स्मरण रहाेस्, पछिल्लाे समय काेराेना संक्रमितकाे संख्यामा वृद्धि देखिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत