लेखनाथ साहित्य पुरस्कार सरुभक्त र खकुरेललाई, बराललाई पत्रकारिता पुरस्कार
- विष्णुहरि पाैडेल
- १५ पौष बिहीबार, २०७८ | १७:०९:०० मा प्रकाशित

लेखनाथ । प्राज्ञ, साहित्यकार एवम् नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका निवर्तमान अध्यक्ष भक्तबहादुर श्रेष्ठ सरु भक्तलाई वि.सं. २०७७ सालको र साहित्यकार रमेश खकुरेललाई यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार समाधान राष्ट्रिय दैनिकका लेखनाथ सम्वाददाता भीमपाणिलाई प्रदान गरिएको छ ।
कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम अन्तर्गत विहिवार विभिन्न संघ सस्थाको सहभागीतामा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा राखिएको मुल समारोहमा उनीहरुलाई पुरस्कारद्वारा सम्मान गरिएको हो ।
कविशिरोमणि लेखनाथ पौड्यालको कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवाजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कार पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ रहेको छ ।
यसै गरी लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । पुरस्कार ग्रहण गर्दै पत्रकार बरालले समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा लाग्न अझै जोश जागर थपिएको धारणा राखे ।
२०५५सालदेखि निरन्तर रुपमा कार्यरत पत्रकार भीमपाणि बरालले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षलाई चिनाउदै लेखनाथ क्षेत्रका समाचार सम्प्रेषण गरिरहेका छन् ।
लेखनाथ साहित्य पुरस्कार पुरस्कारबाट सम्मानित स्रष्टा साहित्यकार सरुभक्त श्रेष्ठले जसरी पौड्यालले आफुले आजीवन नेपाली साहित्यको सेवा गरिरहने धारणा राखे । लेखनाथ साहित्य पुरस्कार पुरस्कारबाट यस अघि नेपाली शिक्षा परिषद्, बासुदेव त्रिपाठी, मदनमणि दिक्षित, धर्मराज थापा, मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय, बालकृष्ण पोखरेल, जगमान गुरुङ र वसन्त कुमार शर्मा लगायत पुरस्कृत भई सकेका छन् भने लेखनाथ पत्रकारिता पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना , बशन्त अधिकारी, वासुदेव पौडेल र परशुराम शर्मा सम्मानित भईसकेका छन् ।
कार्यक्रमका अवसरमा कविशिरोमणिकी कान्छी छोरीका नाममा स्थापि कुन्तिदेवी शिक्षा पुरस्कार , लेखनाथ प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालद्वारा आफ्ना बाबाका नाममा स्थापित पुरस्कार ,मधुमाया ढकाल शिक्षा पुरस्कार ,ढकालकी बहिनी अम्विका ढकालद्वारा आमाका नाममा स्थापित परस्कार फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कार वितरण गरिएको थियो । कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय, पोखरा–२७ र लेखनाथ आधारभूत विद्यालय, पोखरा–२८ का सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो ।
कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल,लेखनाथ उद्योग वाण्ज्यि संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका कानुन अधिकृत राममणि अधिकारी,लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल, लायन शिवप्रसाद लामिछाने लगायतले सम्बोधन गरेका थिए ।
लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु
- घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सीप विकास सम्बन्धी गोष्ठी सम्पन्न
- एघारौं पोखरा महोत्सव सम्पन्न
- टाइगर कप भलिबल : उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी
- मोशेस र सर्गम कुमाल पुरुष र महिला खुल्ला तौल समुहमा च्याम्पियन
- शान्ति उदय मावि पोखराको ६३ औं वार्षिकोत्सव, गुणस्तरमा जाेड
- दुर्घटनाग्रस्त विमानमा यस्तो रेकड रहने ब्ल्याक बक्स फेला
- विचाैलियाको बिगबिगी भयपछि खुदोको पुर्ख्यौली पेशामा समस्या
- विपी स्मृति पुस्तकालयकाे अध्यक्षमा बास्तोला
- एघारौं पोखरा महोत्सव सुरु : महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्ने मुख्यमन्त्रीकाे भनाइ
प्रतिकृया दिनुहोस