समाज

काठमाडाैंमै एक महिलामाथि सामूहिक बलात्कार, ८ जना पक्राउ, एक फरार

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले गएको सोमबार साँझदेखि मंगलबार मध्यरातसम्म ३४ वर्षकी महिलामाथि सामूहिक बलात्कार गरेको अभियोग छ ।

पीडितमहिलाले प्रहरीलाई दिएको जानकारीअनुसार सामूहिक बलात्कारमा ९ जना संलग्‍न थिए । तीमध्ये आठ जनालाई पक्राउ गरिएको उनले बताए । थप एक जनाको खोजी भइरहेको उनको भनाइ छ ।

पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको गिरीले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत