शिक्षा

बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीको दोस्रो ब्रान्च महाराजगन्जमा

काठमाडौं। बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी कमलादीले आफ्नो दोस्रो ब्रान्च महाराजगन्जमा सुभारम्भ गरेको छ। नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले रिबन काटेर उक्त शाखाको सुभारम्भ गरेका हुन्।

उच्च शिक्षा हासिल गर्ने उद्देश्यले युके, अष्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, क्यानडा लगायतका राष्ट्रमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरुलाई सहज होस भन्ने उद्धेश्यले महाराजगन्जमा आफ्नो कार्यालय विस्तार गरेको जानकारी गराउदै संस्थाका सिइओ भुवन गिरीले उपस्थित सम्पूर्णमा स्वागत मन्तव्य व्यक्त गरे।

विद्यार्थीहरुलाई टेस्ट प्रिपेसन, अब्रड स्टडी काउन्सिलिङ र भिजा प्रकृयाका बारेमा प्रोफेश्नल सेवा प्रदान गरिरहेको र यस शाखाबाट पनि यस्तै गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्न नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले शुभकामना मन्तव्यको क्रममा जानकारी गराए।

उक्त शाखाको सुभारम्भ कार्यक्रममा इक्यानका पूर्व अध्यक्ष दिपक गुरुङ, युनिभर्सिटी क्यानडा बेष्टका नेपाल प्रतिनिधि नेत्र कोइराला, साउदन एकेडेमी ग्रुपका सुरज रायमाझी, रकफोड कलेजका त्रि बिक्रम श्रेष्ठ, स्टडी ग्रुपका सबिन कार्की, एटीसीडब्लुकी जेनी प्रधान लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो।

सन् २०१५मा स्थापना भएको बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले युके, यु यस् ए, अस्ट्रेलिया,न्युजल्याण्ड, इन्डिया लगायतका शैक्षिक गन्तव्यहरूमा उच्च शिक्षा हासिल गर्न चाहानु हुने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श र टेस्ट प्रिपेसनमा केन्द्रित रहेर सेवा प्रदान गर्दै आएको छ। IELTS/PTE/TOEFL को लागि उत्कृष्ट पूर्वाधारकाबीच दक्ष व्यवस्थापन र राम्रो इन्स्टक्टरद्वारा कक्षा सञ्चालन गरेकै कारण विद्यार्थीहरुको विदेश अध्ययनको यात्रा सहज बनाइरहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत