वातावरण

देशका विभिन्न क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना, सुरक्षा एवं सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । जसकाकारण दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

देशका विभिन्न क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज बिहान ६ बजेको काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । 

चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत