स्वास्थ्य

ग्लोबल आइएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तिकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

२०७८ पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रम अन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ ।

शिविरमा महिलाहरुको स्वास्थ्य परीक्षण, औषधी वितरण तथा भीआईए जाँच लगायतका सेवाहरु निःशुल्करुपमा उपलब्ध हुनेछन् ।

नेपाल परिवार नियोजन संघसँगको समन्वयमा हुने यस कार्यक्रमअन्तर्गत, कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्य चौकी, बराहताल, सुर्खेतमा पुस १२ गते, प्रदेश १ को देवानगञ्ज स्वास्थ्य चौकी, देवानगञ्ज, सुनसरीमा पुस १४ गते, प्रदेश २ को प्राथमिक उपचार केन्द्र, गौशाला, महोत्तरीमा पुस १५ गते, लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ्ग, रोल्पामा पुस १६ गते र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्य चौकी, दोगडाकेदार, बैतडीमा पुस १६ गते, बागमती प्रदेशको पारच्याङ स्वास्थ्य चौकी, नौकुण्ड रसुवामा पुस १७ गते र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य इकाई भवन, दोर्दी, लमजुङमा पुस १७ गते निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुनेछन् ।

यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती बचत खाता संचालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिकरुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत