राजनीति
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनकाे बन्दसत्र सुरु
- गाउँ सहर संवाददाता
- १२ पौष सोमबार, २०७८ | १२:४३:०० मा प्रकाशित
काठमाडाैं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सुरेश रेग्मीले सोमबार मध्याह्न १२ बजेदेखि बन्दसत्र सुरु भएको जानकारी दिएका छन् ।
राष्ट्रिय सभा गृहमा आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुस १५ गतेसम्म चल्ने छ । राष्ट्रिय सभा गृहमा सुरु भएको बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन विधान लगायतका अन्य प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको रेग्मीले बताए ।
रेग्मीका अनुसार अध्यक्ष प्रचण्डले पेश गर्नुहुने राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । बन्दसत्रमा एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस