गाउँ सहर

सिरहामा सटर फोडेर १० लाख माथिकाे सामग्री र नगद चोरी

सिरहा ।  दुई किराना पसलमा सटर फोडेर दश लाखभन्दा बढी मूल्यको सामग्री र नगद चोरी भएको छ । गोलबजार नगरपालिका ६ गुम्बाचोकस्थित मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको सरसामान र एक लाख नगद चोरी भएको प्रहरीले जनाएकाे छ ।

चोरले किराना पसलको सटर फोडेर मनोज इन्टरप्राइजेजबाट १५ बन्डल सूर्या चुरोट, २० बन्डल सिखर चुरोट, दुई लाख बराबरको रिचार्ज कार्ड, एक थान (डेल कम्पनी) को ल्यापटप र काउन्टरमा रहेको नगद ५० हजार रुपैयाँ चोरी भएको पसल सञ्चालक मनोज साहले जानकारी दिएका छन् ।

लक्ष्मी जनरल स्टोरबाट १० बन्डल सूर्या चुरोट, १५ बन्डल शिखर चुरोट, एक लाख बराबरको रिचार्ज कार्ड र काउन्टरमा रहेको नगद ५० हजार चोरी भएको प्रहरीले जनाएको छ ।

चाेरीको आशंकामा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इञ्चार्ज सन्तोष राईले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत