अर्थतन्त्र

साेमबार सुनको मूल्य सामान्य वृद्धि, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं । साेमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।  

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत