समाज

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

लुम्बिनी । मुक्तिनाथ विकास बैंक लि.ले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुम्बिनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

यस पुस महिनामा बैंकले कोटीहवा स्थित पशुपति स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी बैंकले सुन्वाल–११, जारगह स्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रमहरुमा बैंकिङ्ग सेवा सुविधा, डिजिटल बैंकिङ्ग प्रविधि, बचत खाता लगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पु-याउने उद्देश्य बैंकले लिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत