राजनीति

राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि माओवादी केन्द्रीय कार्य समिति बैठक बस्दै

काठमाडौं। माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि केन्द्रीय कार्य समिति बैठक बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।

प्रज्ञा भवनमा सुरु हुने महाधिवेशनमा माओवादीले अन्य पार्टीका नेतृत्वलाई आमन्त्रण नगर्ने भएको छ । महाधिवेशनका लागि देशभरबाट छानिएका १६ सयभन्दा बढी केन्द्रीय प्रतिनिधि काठमाडौँ आइसकेका छन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत