राजनीति

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १६३१ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १६३१ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

काठमाडौंमा आइतबारदेखि १३ गतेसम्म चल्ने सम्मेलनमा प्रदेश, विभिन्न संगठन र मनोनित गरि १६ सय ३१ जना प्रतिनिधि सहभागी हुने स्थायी समिति बैठकले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

१४८३ प्रतिनिधि छनोट भइसकेको उनले बताए । ती प्रतिनिधिको १० प्रतिशत मनोनीत गर्ने पार्टीले निर्णय गरेको छ । मनोनीत गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पाएका छन् ।

१० प्रतिशत मनोनीत गर्दा १४८ प्रतिनिधि थपिने प्रवक्ता महराले जानकारी दिए । पहिले ५ प्रतिशत मनोनित गर्ने भनिए पनि हाल उक्त प्रतिशत बढाइएको हो । 

यसरी मनोनित हुनेको संख्या १४८ हुने उनले बताए ।

स्थायी समिति बैठक भोलि १ बजे फेरि बस्नेछ । आज बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेज पेस गरेका थिए । सो दस्तावेजमाथि भोलिको बैठकमा छलफल हुने महराले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत