अर्थतन्त्र

बैंककाे रकम हिनामिना गरेकाे ओरापमा कर्मचारी पक्राउ

 काठमाडाैं । एक  डेभलपमेन्ट बैंकमा १६ कराेड रूपैंया हिनामिना भएकाे छ । सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको हाे । प्रहरीले हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराईलाइ पक्राउ गरेकाे छ । भट्टराईलाइ थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ ।

बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । राष्ट्रबैंकले पत्राचार गरेपछि मात्र थाहा पाएको सञ्चालक समितिका अध्यक्ष  डा. अर्जुन बरालले बताएका छन् ।

हाल प्रहरी, सीआईबी र नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेको छ,छानबिनपछि मात्र वास्तविकता बाहिर ल्याउन सकिन्छ उनले भने । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए । 

राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको जनाइएकाे छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत