चालू आवको पहिलो पाँच महिनामा वीरगञ्ज नाकाबाट ८८ अर्ब ६९ करोड राजस्व संकलन
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १६:२२:०० मा प्रकाशित
काठमाडाैं । नेपालकाे मुख्य व्यापारिक नाका वीरगञ्जबाट गत पाँच महिनामा राजस्व संकलनमा राम्राे सुधार अाएकाे छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ८८ अर्ब ६९ करोड ९२ लाख राजस्व संकलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा रु ३० अर्ब ५३ करोड ९२ लाखले बढी राजस्व संकलन भएकाे हाे ।
भन्सार विभागलले चालु आवको सोही अवधिका लागि ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । सोही अवधिमा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब ८ करोड ६६ लाख रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको विभागका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिएका छन् ।
उनका अनुसार देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट सवारीसाधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस