स्वास्थ्य

नेपालमा काेराेना : बुधबार २३६ जनामा संक्रमण, २७२ जनाले गरे स्वास्थ्य लाभ

काठमाडाैं । मुलुकभर पछिल्लो २४ घण्टामा २३६ नयाँ कोरोना संक्रमण थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याेसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७९ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबार २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । अब देशभर ५ हजार १८५ सक्रिय संक्रमित रहेका छन् ।

गएकाे २४ घन्टामा ७२३३ पीसीआर तथा ४०४३ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत