अर्थतन्त्र

बुधबार पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । बुधबार पनि सुनकाे मूल्य घटेकाे छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज ४०० रुपैयाँले घटेको हो ।  बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले घटेर आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।  तर, चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भइ बुधबार एक हजार २४५ रुपैयाँ पुगेको महासंघले बताएकाे छ । गत मंगलबार चाँदी तोलामा १० रुपैयाँले नै घट्दै एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत