गाउँ सहर

आगलागीमा दुई बालबालिकाको जलेर मृत्यु

रौतहट । आगलागीमा परेर दुई जना बालबालिकाको ज्यान गएकाे छ । फतुवा बिजयपुर नगरक्षेत्रमाआगलागी हुँदा  जलेर दुई जना बालबालिकाको ज्यान गएको हो । ज्यान गुमाउनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका तीन वर्षीया छोरी आराध्य यादव  र सन्दीप साहका पाँच वर्षीय छोरा रोहित साह रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

हिजाे दिउँसो २ बजे अचानक भएको आगलागीबाट बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घर जलेर चार बर्षीया बालिका आराध्यको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका पाँच बर्षिय बालक रोहितको उपचारको क्रममा बुधबार बिहान टिचिङ अस्पताल काठमाडौमा  मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले जानकारी दिएका छन् । 

यादवको घरमा लागेको आगो छेउमै दाँईँ गर्न राखिएको  धानमा सल्किएको थियो ।  सोही क्रममा खेलिरहेका बालबालिका आगलागीमा परेकाे स्थानीयकाे बताएका छन् । आगलागीबाट मदनको घर तथा घरमा रहेको अन्न, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएको पीडित परिवारले बताएकाे छ । त्यसैगरी रामबिश्वास यादवको १६० भन्दा बढी धानको भारी जलेर ५० हजार भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।

नजिकको कुनै स्थानीय तहमा आगो निभाउने  दमकल उपलब्ध छैन । प्रहरीको अनुरोधमा जिल्ला सदरमुकाम गौरबाट आएको दमकल आगलागी भएको झन्डै डेढ घन्टा पछि साढे ३ बजे घटनास्थल पुगेको थियो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत