स्वास्थ्य

थपिए २९० काेराेना सङ्क्रमित, तीन जनाकाे मृत्यु

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा २९० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १२ हजार ४७३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ ।

देशभर हालसम्म ५२४२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत