अर्थतन्त्र

सुनचाँदीकाे मूल्य घट्याे, कति छ बजार भाउ ?

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन पनि आज ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा किनबेच भैरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत